शेखर समुहको दबाबले देउवामाथि कति असर पर्ला ?

शेखर समुहको दबाबले देउवामाथि कति असर पर्ला ?

  • बिहिबार, असार १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

असार १६ काठमाण्डौँ । काँग्रेस भित्र सबै भन्दा धेरै पटक प्रधानमन्त्री हुने र प्रभावशाली सभापतिको रुपमा चिनिसकेका छन् प्रधानमन्त्री शेर बहादुर देउवा । पार्टी महाधिवेशनमा देउवालाई परास्त गर्न शेखर कोईराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह जस्ता उम्मेद्धार भए पनि अन्ततः देउवाले अन्तिम कार्यकालका लागि भन्दै निर्वाचित भएरै छाडे ।

त्यसपछि प्रधानमन्त्री पनि रहेका र पार्टीमा पनि आफ्नो पक्षको बहुमत केन्द्रीय सदस्य निर्वाचित गराएका देउवामाथि ईतर पक्षको दबाबले त्यति धेरै काम गरेको देखिँदैन ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नै हुँदैन भन्दै डा. शेखर कोईराला र गगन थापा समुहले दबाब दिए पनि देउवाकै निर्णयमा पार्टी उभियो र काँग्रेसले सबै भन्दा ठूलो दल बन्ने अवसर प्राप्त गर्यो ।

अहिले स्थानीय तहको निर्वाचनको समिक्षा नगरेको, महाधिवेशन भएको यतिका समय वित्दा पनि समितिहरुलाई पूर्णता नदिईएको भन्दै शेखर समुहले आज भेला बोलाएको छ ।
दिँउसो २ बजेपछि बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा सो समुहको भेला बस्दैछ ।
यसले सभापति एवं प्रधानमन्त्री देउवा पार्टीको विधान विपरीत चलेको भन्दै दबाब बढाउने लक्ष्य राखेको सो समुहका एक नेताले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ