बीरगञ्ज बसपार्कमा खुलेआम देह व्यापार, रेडलाईट एरिया बनेको भन्दै स्थानीय चिन्तित !

बीरगञ्ज बसपार्कमा खुलेआम देह व्यापार, रेडलाईट एरिया बनेको भन्दै स्थानीय चिन्तित !

  • बुधबार, असार १५, २०७९
  • -दिपक चौरसिया

  • 14.4K
    SHARES

बिरगंज १५ असार । बिरगंजको बसपार्क अघोषित रेडलाईट एरिया भएको छ । यहाँ खुलेयाम देह व्यापार हुन्छ तर प्रहरी प्रशासन मौन छ । किशोरी उमेरदेखिका युवतीहरुदेखि अधवैसे महिलाहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय गरि रहेका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा अर्धनग्न बस्त्र लगाएका किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ । यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ ।

राति राति बसपार्क क्षेत्र लगायत बाइपास, ईनरबाईपास सडकमा तेश्रोलिङ्गीहरुको यौन व्यवसाय स्थल नै बनेको बनेको थियो । तर अहिले खुलेयाम किशोरी तथा अधवैसे महिलाहरु बसपार्क भित्र र लिंकरोड आसपासको क्षेत्रमा यौन व्यवसायमा सक्रिय छन । बसपार्क चौकमा प्रहरीको टियुटी हुन्छ, उनकै छेउमा खुलेयाम देहव्यापारको मौलमोलाई हुन्छ । स्थानिय अनुसार, अर्को तिर प्रहरी डियुटीमा खटेका हुन्छ त्यसकै नजिकै यौनकर्मीहरु खुलेयाम मौलमोलाई गरेर नजिकै होटल वा आफनो कोठामा लग्ने गरेका हुन्छन ।

ग्राहक अनुसार ५ सय देखि ५ हजार सम्म रुपैया लिने गरेका छन । स्थानियले प्रहरीलाई बारम्बार जानकारी गराउँदा समेत त्यसलाई नियन्त्रण गर्न सकेको छैन । बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।

वीरगन्जको बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् । बसपार्क प्रहरी चौकीलाई यौन व्यवसायी होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको बताइएको छ ।

वीरगन्जमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो भएको छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ ।

यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी