विप्लवको पार्टीमा पहिरो, ओम पुन सहित केन्द्रीय सदस्यहरु सहित दजैनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

विप्लवको पार्टीमा पहिरो, ओम पुन सहित केन्द्रीय सदस्यहरु सहित दजैनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • बुधबार, असार १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

विप्लवको पार्टीमा पहिरो, ओम पुन सहित केन्द्रीय सदस्यहरु सहित दजैनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
असार १५ काठमाण्डौँ । विप्लव नेतृत्वको नेकपामा पार्टी विभाजन गर्ने छाड्नेको लहर चलेको छ । केही समय अघि मात्रै धर्मेन्द्र बास्तोलाको नेतृत्वमा अलग्गै पार्टी बनेको थियो ।
अहिले फेरी केन्द्रीय सदस्य ओम पुन सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई आजै प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।

पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।

माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएर माओवादीमा फर्किएका हुन् ।
उनीहरुलाई पार्टी प्रवेश गराउदै प्रचण्डले अहिले दिनहुँ माओवादीमा प्रवेश गर्नेहरुको लहर रहेको र केही समय पछि यो लहर अझै चल्ने र कतिपय पार्टीहरुसँग संस्थागत रुपले एकता हुने पनि बताए ।
उनले ओम पुनः सहितका नेताहरुलाई उचित जिम्मेवारी दिने पनि बताए ।

आफूले उद्धार भएर राम बहादुर थापा बादललाई महासचिव र गृहमन्त्री नै बनाउदा पनि उनी अन्तै गएको पनि आफ्नो उद्धारताले कहिले काँही कमजोरी प्रकट गर्ने गरेको पनि बताए ।

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्व बाट हटेमा तत्कालै वाम एकता हुने पनि बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ