१३ असार, दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रको बजारमा किनमेल गर्न गएका दुई नेपाली युवतीलाई भारतीय युवाहरुको समुहले सामुहिक बलात्कार गरेको छ ।
आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा मौका छोपेर भारतीय युवाको समूहले बलात्कार गरेको थियो ।
६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेका थिए ।
भारतीय बलात्कारी अभियुक्तमाथि कार्बाहीका लागि भारतीय प्रहरीसँग समन्वय भईरहेको प्रहरीले बताएको छ ।
भारतीय प्रहरीले घटनामा संलग्न रहेका मध्य चार जनालाई पक्राउ गरीसकेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline