म पार्टीको सिफारीसमा मन्त्री भँए, पार्टीले फिर्ता बोलाएर फर्किँए : किशान श्रेष्ठ

म पार्टीको सिफारीसमा मन्त्री भँए, पार्टीले फिर्ता बोलाएर फर्किँए : किशान श्रेष्ठ

  • सोमवार, असार १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असार १३ काठमाण्डौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयबाट बिदा हुनु अघि एकीकृत समाजवादीका नेता एवं मन्त्री किशान श्रेष्ठले आफूले आठ महिनाको अवधिमा राम्रो कामको शुरुवात गरेको बताएका छन् ।

कर्मचारीहरुले राखेको बिदाई कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले वैदेशिक रोजगारीमा फसेका युवाहरुको उद्धार, करोडाँै रुपैया उठाईदिने देखि दलालहरुलाई आफै फोन गरेर काम गरेको, कतिपय ठगहरुलाई रेड कर्नर नोटिस जारी गराएर समेत नेपाल ल्याउन सफल भएको जस्ता कामलाई राम्रो कामको संज्ञा दिएका छन् ।

उनले सचिव र सबै कर्मचारीले राम्रो सहयोग गरेको भन्दै अब आउने मन्त्री पनि पार्टीकै भएकाले सहयोग गर्न आग्रह गरे ।

उनी पार्टीको सिफारीसमा मन्त्री भएको र पार्टीकै निर्णय अनुसार फिर्ता भएको भन्दै पार्टी छाड्न लागेको भनेर चलाईएको हल्लामा सत्यता नभएको बताए ।
उनले अहिले पनि आफू मन्त्रीले चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै आफूमा त्यस्तो कुनै लोभ नभएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ