असार १३ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज सुरू हुँदैछ ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा परिषद बैठक बस्ने छ ।
यो बैठकमा सांगठानिक गतिविधि, वैशाख ३० मा भएको स्थानीय तहको चुनावको समीक्षा, अब हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले बताए।
पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी छ।
परिषद बैठकका लागि करिब एक हजार पाँच सय जना सहभागी हुनेछन्। परिषद बैठकको अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन्। बैठक भोली सम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline