असार १३ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) बाट नियुक्त भएका नयाँ मन्त्रीहरुको शपथग्रहण आज हुँदैछ ।
आज बिहान ११ बजे नयाँ मन्त्रीहरुको शपथ हुनेछ ।
जेठ २२ मा एकीकृत समाजवादीले नयाँ मन्त्रीको सूची बुझाए पनि हिजो मात्रै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गरेका थिए ।
नयाँ जिम्मेवारी अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन्।
विरोध खतिवडा, किशान श्रेष्ठ, रामकुमारी झाँक्री, प्रेम आलेले हिजो पदबाट राजीनामा दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline