असार १२ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीले तत्काल पार्टीको निर्णय अनुसार मन्त्री हेरफेरको निर्णय कार्यन्वयन नगरे गठबन्धन छाड्न सक्ने जनाउ दिएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले मन्त्रीहेरफेरको निर्णय तत्काल कार्यन्वयन गर्न माग गर्दै यसमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डको भूमिकामाथि प्रश्न उठाएको छ ।
समाजवादीको मन्त्री फिर्ता बोलाउने निर्णयप्रति मन्त्रीहरु विरोध खतिवडा, कृष्ण कुमार श्रेष्ठ, रामकुमारी झाँक्री लगायत केही सांसद असन्तुष्ट रहेका छन् ।
उनीहरुले पार्टीको बैठक समेत बहिष्कार गरीरहेका छन् ।
यदी मन्त्रीहेरफेर तत्काल नभएमा गठबन्धन छाड्न सक्ने समाजवादीका एक केन्द्रीय सदस्यले बताए ।
त्यसपछि एकीकृत समाजवादीले आगामी निर्वाचनमा तालमेलका लागि एमालेसँग संवाद शुरु गर्न सक्ने उनको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline