असार ११ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका १० सांसद मध्य ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् ।
शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदले पार्टी कार्यालयमा हस्ताक्षर पत्र बुझाएका थिए।
मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर पत्र फिर्ता लिएका हुन् ।
हस्ताक्षर पत्र बुझाउने ६ सांसदले भने फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेमा सांसदहरू कृष्णलाल महर्जन, प्रेम आले, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बिनादेवी बुढाथोकी, गोपाल बहादुर बम छन्।
उनीहरूले ८ बुँदा माग राख्दै संसदीय दल बैठक बोलाउन माग गरेका थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline