असार १० ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले बेईमानी गरेका कारण नेकपा विभाजित भएको बताएका छन् ।
ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डलाई पार्टी एकताको लागि भनेर दिईएको सिटको दुरुपयोग गरेको र पार्टी अध्यक्षलाई नै साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेर आरोपको पुलिन्दा बनाएर पार्टी विभाजन गरेको आरोप लगाए ।
ईमान्दारीताका साथ आफूले काम गरे पनि प्रचण्डले ईमान्दारीता नदेखाउदा पार्टी विभाजित हुन पुग्यो र दुख लागेको छ , ओलीले भने ।
उनले स्थानीय तहको निर्वाचनमा सत्ताको दुरुपयोग गरेर एमालेलाई पछि पारे पनि अबको निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline