असार १० काठमाण्डौँ । मन्त्री हेरफेर गर्ने कुराले नेकपा एकीकृत समाजवादी भित्र भाँडभैलो भएको छ । शुरुमा बजेट पारित भए पछि मात्रै मन्त्री फर्ने भनेर निर्णय भए पनि त्यसपछि नयाँ मन्त्रीमा सिफारीस भएकाहरुले निरन्तर दबाब दिएपछि पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री देउवालाई दबाब दिएका थिए ।
अहिले यही विषयलाई लिएर मन्त्री सहित १० सांसदले पार्टी भित्र असन्तुष्टी राख्दै पत्र लेखेर संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
न्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले पार्टीलाई नयाँ संकट तर्फ लगेको हो ।
स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताए।
चार मन्त्री सहित समानुपातिक सांसद मिलेर सो पत्र लेखी पार्टीले नयाँ नाम पठाएकोमा पनि समावेशी नभएको जस्ता विभिन्न कुरा उठाँउदै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।
विरोध खतिवडा, राम कुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ, कृष्ण लाल महर्जन, गोपाल बहादुर बम, विन्दा देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरादेवी जैरुले सामुहिक पत्र लेखेका हुन् ।
अहिले पार्टीको पोलिटब्युरो बैठक बसिरहेको छ । सो बैठकमा पनि मन्त्री रामकुमारी झाँक्री अनुपस्थित भएकी छन् ।