अमेरीकासँगको एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीयः चीन

अमेरीकासँगको एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीयः चीन

  • बिहिबार, असार ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असार ९, काठमाडौँ । नेपालले अमेरीकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेपछि चीनले प्रशंसनीय कार्य भन्दै टिप्पणी गरेको छ । उक्त सम्झौता नेपालको हित प्रतिकुल भएको भन्दै तीब्र विरोधपछि सरकारले अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयमाथि बिहीबार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएका हुन् ।

नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी हुनुको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्दछ प्रवक्ता वाङले भनेका छन्, ‘चीन नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डता र नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा निरन्तर सहयोग गरिरहन्छ ।’

चाइना डेलीका पत्रकारले नेपाल सरकारले एसपीपी अघि बढाउने विषयमा निर्णय गरेको र यसलाई विष्लेषकहरुले यो सैन्य साझेदारीको रणनीति भएको तथा यसले नेपालको परराष्ट्र नीति र नेपालको स्वार्थमा आघात पार्ने भनिरहेका बेला चीनको प्रतिक्रिया के छ ? भनेर सोधेको प्रश्नमा प्रवक्ता वाङले भनेका छन्, ‘नेपालमा हालै धेरै विवादमा परेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे हामीले जानकारी पाएका छौैं । धेरै राजनीतिक दल, समूह, सरकार, सेना र नेपाली जनताहरुले एसपीपीलाई इन्डो(प्यासिफिक रणनीतिसँग नजिक जोडिएको सैन्य या सुरक्षा अभियान हो र यो नेपालको राष्ट्रिय स्वार्थ र लामो समयदेखि लिइदै‌ आएको असंलग्न र सन्तुलित परराष्ट्र नीतिको प्रतिकुल रहेको ठानेका छन् ।’

उनले चीन क्षेत्रीय सुरक्षा,स्थिरता र आपसी समृद्धिका लागि नेपालसँग संयुक्त रुपमा काम गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ