काठमाडौँ, ९ असार ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा आज विष्णुपुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विष्णुपुकार श्रेष्ठलाई जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline