ठगी मुद्धामा थुनिएका ईच्छाराज तामाङलाई छाड्न न्यायधीश र वकिलबीच २ करोडको डिल, अडियो आएपछि न्यायपरिषद् बैठक बस्दै

ठगी मुद्धामा थुनिएका ईच्छाराज तामाङलाई छाड्न न्यायधीश र वकिलबीच २ करोडको डिल, अडियो आएपछि न्यायपरिषद् बैठक बस्दै

  • बुधबार, असार ८, २०७९
  • शंकर प्रसाद ज्ञवाली

  • 11.1K
    SHARES

असार ८ काठमाण्डौँ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक पछि न्याय परिषद्को आकस्मिक बैठक बस्दै छ ।

उक्त अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक बोलाएका हुन् ।

न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद हिजो बेलुका सार्वजनिक भएको थियो ।

झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि–फेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भन्छन्। त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएका छन् ।

सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत हुन्छन्।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

घुस डिल गर्ने अधिवक्ता पोखरेल नेकपा एमालेनिकट कानुन व्यवशायी हुन्। उनी नेपाल बारका कोषाध्यक्ष थिए। केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनले ओलीका पक्षमा सर्वोच्चमा बहस गरेका थिए। उनी एमालेको कानुन विभागका सदस्य हुन्। पोखरेल झापाका हुन्।

यसै गरी ईच्छाराज तामाङ पनि एमाले निकट व्यवशायी एवं एमालेबाट पूर्व सांसद भईसकेका व्यक्ति हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी