प्रतिपक्षीसँग नबोलेको, वार्ता नगरेको भन्दै प्रधानमन्त्री देउवाप्रति ओली आक्रोशित

प्रतिपक्षीसँग नबोलेको, वार्ता नगरेको भन्दै प्रधानमन्त्री देउवाप्रति ओली आक्रोशित

  • मङ्लबार, असार ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

असार ७ काठमाण्डौँ । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाले प्रतिपक्षीसँग नबोलेको र वार्ता नगरेको भन्दै असन्तुष्टी जनाएका छन् ।
आज पूर्व राजदुत समुहले आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले ४६ साल यता पहिलो पटक यो सरकार समवेदनाहिन अवस्थामा देखिएको बताए ।

प्रधानमन्त्रीले विदेश भ्रमण जानु अघि कुनै छलफल प्रतिपक्षी र विज्ञसँग नगरेको भन्दै ओली असन्तुष्ट बनेका हुन् ।

प्रतिपक्षी भनेको वैकल्पिक सरकार भएकाले छलफल र वार्ता गर्नु पर्ने भन्दै त्यसो नगरी सरकार चलाएको भन्दै देउवाप्रति ओलीले आक्रोश पोखे ।

देउवा सरकार प्रजातान्त्रिक मुल्य अनुसार चल्न नसकेको र आफूहरुले संसदमा पनि यो बिषय उठाएको उनको भनाई छ ।
साथै उनले छिमेकी देश बिरुद्ध कुनै पनि कार्ड खेलन नसकिने भन्दै त्यसतर्फ सचेत हुनु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ