असार ७ काठमाण्डौँ । नेपाली काँग्रेसले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको व्यवस्था गर्न माग गरेको छ ।
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आज ११ बजे निर्वाचन आयोगको कार्यालय गएर ध्यानाकर्षण गराउने भएका छन् ।
विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए ।
उनीहरुले हिजो प्रधानमन्त्री देउवालाई भेटेर पनि यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline