असार ६ काठमाण्डौँ । चौतर्फी बिरोधपछि सरकारले अमेरीकासँगको विवादीत एसपिपि सम्झौता अस्वीकार गर्ने निर्णय गरेको छ । साथै यो अस्वीकार गरेको पत्र अमेरीकालाई लेख्ने पनि मन्त्रीपरिषद् बैठकले निर्णय गरेको छ ।
साथै अब उप्रान्त विदेशी नियोगलाई लेखिने कुनै पनि पत्र परराष्ट्र मन्त्रालयबाट मात्र लेख्ने पनि निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
यस अघि सेनाले अमेरीकालाई लेखेको एसपिपिमा आवद्ध हुने पत्रका कारण विवाद उत्पन्न भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले एसपीपी अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएका थिए । तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline