असार ३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरीकासँको एसपिपि सम्झौताका लागि शुसील कोईराला प्रधानमन्त्री भएकै बेला सहमति दिएको तर पछि आफूले च्याप्टर क्लोज गरिदिएको दाबी गरेका छन् ।
पार्टीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुनु केही दिन अघि मात्रै कोईरालाले रक्षा मन्त्रीको हैसियतमा निर्णय गरेको दाबी गरे ।
यद्यपि, ओली प्रधानमन्त्री भएको केही महिना पछि मात्रै अमेरीकालाई चिट्ठी लेखिएको पाईएको छ । उनले सेनाले चिठ्ठी लेख्दा आफूलाई कुनै जानकारी नदिएको समेत दाबी गरेका छन् ।
उनले प्रचण्डले यस विषयमा प्रचण्डले दिएको अभिव्यक्ति झुट र भ्रामक भएको पनि बताए ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले परराष्ट्र सचिवको नेतृत्वमा १ जुन २०१९ मा छानवीन समिति गठन गरी अस्वीकार गरिदिएको सो विषय उठाएर गठबन्धन सरकारले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।