अमेरीकासँगको एसपिपि सम्झौता नेपाललाई स्वीकार्य नहुने परराष्ट्रमन्त्रीको घोषणा

अमेरीकासँगको एसपिपि सम्झौता नेपाललाई स्वीकार्य नहुने परराष्ट्रमन्त्रीको घोषणा

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

असार ३ काठमाण्डौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको च्याप्टर क्लोज भइसकेको स्पष्ट पारेका छन् ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको अब च्याप्टर क्लोज भएको बताए ।

उनले भने, स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन । नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उनले प्रष्ट पारे । यो नेपालको हीतमा छैन । गृहमन्त्रीले पनि हिजो भनिसक्नु भएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।ु अब एसपीपीलाई धेरै उचाल्न आवश्यक छैन, मन्त्री खड्काले भने ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नै दुई पटक नेपालले अमेरीकालाई पत्राचार गरेपछि एसपिपि सम्झौताका लागि अमेरीकाले स्वीकृति दिएको पाईएको छ ।

अब प्रधानामन्त्री शेर बहादुर देउवा र प्रधानसेनापतिको अमेरीकाको भ्रमण हुन लागेको सन्दर्भमा यो विवादले उग्र रुप लिँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ