नेपालले दुई पटक पत्र लेखेर सहभागी हुन खोजेको हो, नचाहे फेरी पत्र लेखेर रद्ध गर्न सक्छः अमेरीका

नेपालले दुई पटक पत्र लेखेर सहभागी हुन खोजेको हो, नचाहे फेरी पत्र लेखेर रद्ध गर्न सक्छः अमेरीका

  • शुक्रबार, असार ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

असार ३ काठमाण्डौ । अमेरीकाले एसपीपीमा सहभागी हुन नेपालले आफैले दुई पटक पत्र लेखेकाले स्वीकृति दिईएको स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला तात्कालिन सेनापति राजेन्द्र क्षेत्रीले पत्राचार गरेको पाईएको छ ।
यही पत्राचारपछि अमेरीकाको एक राज्यको नेसनल गार्डसँग नेपाली सेनाको सहकार्यको बारेमा उल्लेख गरिएको थियो ।

अहिले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरीका भ्रमणका क्रममा त्यस विषयमा सम्झौता हुने हल्ला पछि चौतर्फी बिरोध भएको थियो ।
यही बिरोधपछि सरकारले त्यस्तो सम्झौता नगर्ने स्पष्ट पारेको छ भने अमेरीकाले पनि सम्झौता नगर्ने भए नेपालले पत्राचार गरेर सहभागीता समाप्त गर्न सक्ने स्पष्ट पारेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल मिकलरले पनि सन् २०१५ र २०१७ मा एसपीपीमा सहभागी हुन नेपालले आवेदन दिँदा यहाँको नागरिक, सरकार र सेनासँग खुला छलफल गरिएको बताएका छन् ।

उनले पत्रकार सम्मेलनमा यसमा सहभागी हुन नचाहे नेपालले पत्र लेखेर सहभागीता रद्ध गर्न सक्ने बताए ।
९० वटा देश यस्तो पार्टनरसिपमा सहभागी रहेको र बेलारुसले पत्र लेखेर यो सम्झौताबाट बाहिरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ