पूूर्व प्रधानमन्त्री केपी ओली र पूर्व सेनापति क्षेत्रीले अमेरीकी सैन्य रणनीतिसँग मेल खाने एसपिसीमा सहमति र पत्राचार गरेको खुलासा

पूूर्व प्रधानमन्त्री केपी ओली र पूर्व सेनापति क्षेत्रीले अमेरीकी सैन्य रणनीतिसँग मेल खाने एसपिसीमा सहमति र पत्राचार गरेको खुलासा

  • बिहिबार, असार २, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

असार २ काठमाण्डौँ । हालै अमेरीकाको सैन्य रणनीतिसँग जोडिने खालको स्ट्राटेजिक पार्टनरसिप कार्यक्रम ( एसपीपी ) सम्झौताका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अमेरीकालाई पत्राचार भएको खुलासा भएको छ ।

ओली प्रधानमन्त्री रहेका बेला २०७२ सालमा तात्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पत्राचार गरेको पाईएको हो ।

तत्कालिन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालिन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्र नै लेखेर नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको पत्रमा लेखिएको छ ।

अहिले ओली नेतृत्वको एमालेले संसदमै एसपिपिको बारेमा सार्वजनिक हुनु पर्ने माग राखेको छ । उता नेपाली सेनाले पनि वक्तव्य नै जारी गरी एसपिपि सम्झौताका लागि सेनाले प्रकृयामा नरहेको र यस्तो सम्झौता गर्न नहुने सुझाव समेत दिएको छ ।

हालै अमेरीकी सैन्य कमाण्डरको नेपाल भ्रमण लगत्तै प्रधानमन्त्री देउवा र प्रधानसेनापतिले अमेरीका भ्रमण गर्न लागेका बेला विवादीत सैन्य सम्झौताका बिरुद्ध चर्को आवाज उठिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ