अमेरीकाले नेपालमा दोस्रो खम्पा विद्रोहको तयारी गर्दैछ, होसियार रहनु पर्छः भुषाल

अमेरीकाले नेपालमा दोस्रो खम्पा विद्रोहको तयारी गर्दैछ, होसियार रहनु पर्छः भुषाल

  • बुधबार, असार १, २०७९
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

असार १ काठमाण्डौँ । नेकपा एमालेका नेता घनश्याम भुषालले एसपीपी सम्झौता मार्फत अमेरीकाले नेपालमा चीन बिरुद्ध अर्को खम्पा विद्रोहको मञ्चन गरीरहेको दावी गरेका छन् ।
२०३२ सालमा चीन बिरुद्ध अमेरीकाले गराएको खम्पा विद्रोह असफल भएकाले अहिले फेरी त्यसलाई दोहोर्याउने मञ्चनको तयारी अमेरीकाले गरीरहेको छ, होसियार रहनु पर्छ उनले भने ।

उनले एसपीपी मार्फत चीनका नाका छेउमा बिषालु सर्पले फाँ फाँ फुफु गर्ने र चीनले पनि केही प्रतिकार थाल्दा नेपालको अवस्था युक्रेनको जस्तो हुने भन्दै संवेदनशील हुन अपील गरेका छन् ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा भुषालले प्रचण्ड र केपी ओलीको गोप्य सम्झौताका कारण कम्युनिष्ट एकता टिक्न नसकेको भन्दै अझै पनि एक हुने वा सत्यानास हुने भन्ने विकल्प रहेकाले एकतावद्ध हुनु पर्ने बताए ।

काँग्रेसले अमेरीकाबाट सेना ल्याउछु भन्दै तर्साउदै कम्युनिष्टको तेलले कम्युनिष्टलाई नै धुलाएर शासन गरीरहेको भन्दै भुषालले यो अवस्थाको अन्त्य हुनु पर्ने र प्रचण्ड पनि त्यसतर्फ सकारात्मक रहेको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ