असार १ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेर बहादुर देउवाले केही समय पछि अमेरीका भ्रमणको क्रममा राष्ट्र हित विपरीतका सम्झौता नगर्ने प्रतिवद्धता जनाएको बताएका छन् ।
पार्टीको बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनका नेताहरुले धारणा माग्दा आफूले राष्ट्र हित विपरीतका काम नगर्ने बचन दिएको बताउदै तर पनि वाच गर्नु पर्छ भनेका छन् ।
अमेरीकाले एसपीपी सम्झौताको लागि ताकेता गरेको र यो सम्झौताले नेपाल अमेरीकी गठबन्धनमा गएको ठहरिने र नेपालको भूराजनीति थप जटिल हुने भन्दै दल र विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।
हालै अमेरीकी सैन्य कमाण्डरको भ्रमणको क्रममा नेपालको उच्च हिमाली क्षेत्रमा सँयुक्त सैन्य प्रशिक्षण गर्ने जस्ता विभिन्न योजना सहितको यो सम्झौता प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री देउवा यसप्रति सकारात्मक रहेको भन्ने समाचार बाहिरिएपछि संसद हुँदै विभिन्न क्षेत्रमा विरोधका आवाज आउन थालेको छ ।