जेठ ३१ काठमाण्डौँ । नेकपा एमाले भित्र पार्टी अध्यक्ष ओलीका आलोचक रहेका नेता घनश्याम भुषालमाथि स्पष्टीकरण सोध्ने अनुशासन आयोगको सिफारीस अनुमोदन भएको छ । आयोगको केन्द्रीय समितिको मंगलबारको बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।
स्थानीय तहको निर्वाचन पछि हिमालय टेलिभिजनमा दिईएको एक अन्तवार्तामा भुषालले निर्वाचनमा एमालेको पराजयपछि पार्टी अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने भन्दै आलोचना गरेपछि उनीमाथि कार्बाही गर्ने कसरत चलिरहेको छ ।
उनले अध्यक्ष ओली बिरुद्ध आलोचना गर्न भने छाडेका छैनन् ।
उनलाई आयोगको सिफारीस अनुसार स्पष्टीकरणको लागि पत्र थमाउने, आत्मालोचना गराउने र जिम्मेवारी मुक्त गर्ने मध्य कुनै पनि कार्बाही हुन सक्ने तर सो कार्बाही पार्टी केन्द्रीय समितिको बैठकबाट हुने अनुशासन आयोगका सदस्यहरुको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline