मन्त्रीले काठमाण्डौको फोहोर धादिगं र नुवाकोटका जनताले कहिले सम्म सहने भनेपछि बालेन शाह कार्यक्रम नै छाडेर हिडे

मन्त्रीले काठमाण्डौको फोहोर धादिगं र नुवाकोटका जनताले कहिले सम्म सहने भनेपछि बालेन शाह कार्यक्रम नै छाडेर हिडे

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

जेठ ३१ हेटौडा । काठमाण्डौँ महानगरपालिकाका स्वतन्त्रबाट निर्वाचित मेयर बालेन शाह सरकारले आयोजना गरेको दुई दिने कार्यक्रम छाडेर हिँडेका छन् ।
हेटौडामा शुरु भएको स्थानीय तह संचालन, योजना तथा कार्यन्वयनको समग्र प्रक्रियाका बारेमा नवनिर्वाचित जनप्रतिनिधिका लागि बागमती प्रदेश सरकारले २ दिने अभिमुखीकरण कार्यक्रम उद्घाटनपछि फोहोरको बिषयमा आलोचना भएपछि मेयर शाह काठमाण्डौँ फर्किएका थिए । उनीसँगै उपमेयर सुनिता डंगोल पनि फिर्ता भईन् ।

कार्यक्रममा प्रदेशका मन्त्री एवं धादिगं क्षेत्र नं १ का प्रदेश सांसद शालिकराम जमरकट्टेलले काठमाण्डौको फोहोरले धादिगं र नुवाकोटका जनतालाई असर गरेको भन्दै त्यो नसहने प्रतिकृया दिए लगत्तै शाह हिँडेका थिए ।

प्रदेश सरकारले सोमबार र मंगलबारका लागि गरी २ दिन प्रदेशका १३ जिल्लाका प्रमुख र उपप्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने भन्दै जमकट्टेलले काठमाण्डौँ महानगरपालिकाले अब फोहोर आफ्नै पालिका भित्र गर्नु पर्ने बताएका थिए ।
काठमाण्डौँ फर्किएपछि शाहले सामाजिक सञ्जालमा गालीगलौजको कार्यक्रम भन्दै प्रदेशको कार्यक्रमप्रति टिप्पणी गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ