नेपाली सेनालाई तालिम प्रशिक्षणका नाममा अमेरीकी सेना राख्ने खालको प्रस्ताव, देउवा सकारात्मक , एमाले माओवादीको विरोध

नेपाली सेनालाई तालिम प्रशिक्षणका नाममा अमेरीकी सेना राख्ने खालको प्रस्ताव, देउवा सकारात्मक , एमाले माओवादीको विरोध

  • मङ्लबार, जेष्ठ ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

जेठ ३१ काठमाण्डौँ । नेपालमा एक पछि अर्को आउजाउ र भ्रमण तीव्र पार्ने अमेरीकाको मनशाय स्पष्ट भएको छ । उ नेपालमा एमसीसी पछि अब सैन्य रणनीतिको विस्तारमा सक्रिय भएको पुष्टी भएको छ ।
हालै अमेरीकी सैन्य कमाण्डरको नेपाल भ्रमणका क्रममा १० बुदे एसपीपी सम्झौता प्रस्ताव गरेको छ । जुन बारेमा ती सैन्य अधिकारीले प्रधानमन्त्री र प्रधानसेनापतिसँग छलफलमा प्रस्ताव गरेका थिए ।
यसप्रति प्रधानमन्त्री देउवाले सकारात्मक प्रतिकृया दिएको स्रोतले बताएको छ । तर नेपाली सेनाले अहिल्यै त्यस्तो सम्झौता गर्न नहुने खालको मनशाय व्यक्त गरेको बुझिएको छ ।
यस सम्झौता अनुसार खास गरी नेपालको उच्च भुभाग जस्तै हिमाली जिल्लाहरुमा सँयुक्त सैन्य प्रशिक्षण र अभ्यासको प्रस्ताव गरिएको छ । यसको स्पष्ट उदेश्य चीनको नजिक नेपाली भूमिमा अमेरीकी सेनाको उपस्थिति ।

यी लगायत विवादीत बुदाहरु समेत रहेको छ । यसप्रति प्रधानसेनापति र प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरीका भ्रमणका क्रममा समेत छलफल हुन सक्ने बताईएको छ । यदी त्यस भ्रमणमा यस्तो सम्झौता गरिए नेपालको भूराजनीति थप जटिल र संंवेदनशील बन्ने छ ।
अमेरीकीहरुको गतिविधि बाक्लिएसँगै चीन असन्तुष्ट बनिरहेको छ । चीनलाई अमेरीकाले घोािषत प्रतिस्पर्धी ठान्दै उसलाई घेर्ने र कमजोर पार्ने रणनीति अनुसार ईन्डोप्यासेफिक सैन्य रणनीति अवलम्वन गरेको छ । जुन रणनीतिमा नेपाललाई समावेश गर्न अमेरीकाले केही धनराशी खर्च गरेर सहयोग दिईरहेको छ ।

यस तर्फ देउवा गंभीर नबने देशले भविष्यमा ठूलो अस्थिरता र क्षति व्यहोर्नु पर्ने स्थिति आउन सक्ने भन्दै एमाले र माओवादीका नेताहरुले संसददेखि संसदीय समिति र सार्वजनिक रुपमा पनि विरोध गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ