जेठ ३० बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बर्दिया पुगेका छन् ।
बर्दियामा आज शहीद वेपत्ता परिवारसँगको भेटघाटका लागि उनी त्याहाँ पुगेका हुन् । उनी गाँउमा पुगेर भेटघाट पछि त्याहाँ पुगेका सञ्चारकर्मीहरुसँग कुरा गर्दै आगामी संघ र प्रदेशको चुनाव मंसीरमै गर्ने गठबन्धनमा सहमति बनेको बताएका छन् ।
मंसीरमै चुनाव गर्ने कुरामा एमालेसँग पनि सहमति बनेको प्रचण्डको भनाई छ ।
मंसीरको पहिलो हप्ता देशभर एकै पटक निर्वाचन हुने संभावना रहेको उनले बताए ।
सुरक्षाका कारण दुई चरणमा गर्ने कि भन्ने पनि छलफल भएको भन्दै सके सम्म एकै पटक चुनाव हुन सक्ने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline