आज संसदमा बजेटमाथि उठेका प्रश्नहरुका बारेमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

आज संसदमा बजेटमाथि उठेका प्रश्नहरुका बारेमा सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

  • सोमवार, जेष्ठ ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जेठ ३० काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ ।

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो। सो बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिनेछन् ।
आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो ।

बैठकमा शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि सोमबारको बैठकमा भने सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुने सभामुख अग्निप्रसाद सापकोटाले बताउनुभएको हो ।

सोमबारकोे बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकको छलफलका क्रममा उठेका प्रश्नको विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ