जेठ ३० काठमाण्डौँ । चार मन्त्री फिर्ता बोलाउने, एकको बढुवा गर्ने र नयाँ चार जनालाई मन्त्री नियुक्त गर्ने निर्णय गरेर नामै समेत प्रधानमन्त्रीलाई बुझाउदा पनि प्रधानमन्त्री शेर बहादुर देउवाले त्यसको वास्ता नगरेपछि एकीकृत समाजवादी आक्रोशित बनेको छ ।
सार्वजनिक रुपमै समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेसले निर्वाचनमा धोका दिएको, यस्तै हो भने यो गठबन्धनको विकल्प खोज्नु पर्ने बताउने गरेका बेला मन्त्री फेर्ने कुरा सम्म पार्टीको निर्णय लागू नहुने अवस्था देखिएपछि पार्टी अध्यक्ष माधव कुमार नेपालमाथि पनि नैतिक संकट बढेको छ ।
पार्टी भित्र पनि एकातिर नयाँ मन्त्री हुन ठिक्क परेका नेताहरु असन्तुष्ट बन्दै गएका छन् भने भईरहेका मन्त्रीहरु छाड्नु पर्दा खुसी छैनन् ।
यस्तो अवस्थामा कतिपय जिल्ला समन्वय समितिको निर्वाचनमा नै एकीकृत समाजवादीले एमालेसँग पनि तालमेल गर्न थालेको छ ।
आफूहरुको निर्णय कार्यन्वयन नभए पछि असन्तुष्ट बने पनि अध्यक्ष नेपालले खुल्ला रुपले गठबन्धन र प्रधानमन्त्रीको आलोचना भने गरीसकेका छैनन् । यस विषयमा अध्यक्ष नेपालले माओवादी अध्यक्ष प्रचण्डसँग समेत छलफल गरेको बुझिएको छ ।