अमेरीकाले नेपाललाई किन यति धेरै महत्व दिँदैछ ?

अमेरीकाले नेपाललाई किन यति धेरै महत्व दिँदैछ ?

  • सोमवार, जेष्ठ ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

जेठ ३० काठमाण्डौँ । संसारकै महाशक्ति भनिने अमेरीकी अधिकारीहरुको यति बेला नेपालमा बाक्लो आउजाउ भईरहेको छ । कहिले सहायक मन्त्री , कहिले कुनै नेता , कहिले सैन्य कमाण्डर काठमाण्डौँमा लगातार यस्ता भ्रमणहरु चलिरहेका छन् ।
अहिले तत्कालै पनि अमेरीकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिन नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति देखि विभिन्न सैन्य अड्डाहरुको भ्रमणमा सक्रिय रहे ।
यस क्रममा उनले नेपालको सेना एक बलियो स्थल सेना र पूरानो सेना भएको टिप्पणी गर्न भ्याए ।
यस अघि १० वर्षे माओवादी जनयुद्धका बेला पनि अमेरीकी सेनाले नेपाली सेनालाई एम १६ अत्याधुनिक राईफल , सैन्य उपकरण र तालिम दिएको थियो । त्यसै कारण तात्कालीन माओवादीले नेपालको सेनालाई शाही अमेरीकी सेना मुर्दावाद भनेर नारा लगाउने गर्दथ्यो ।

पछिल्लो समय अमेरीकी परियोजना एमसीसी १३ बुदे ब्याख्यात्मक घोषणा सहित अनुमोदन भएको छ । यो अनुमोदन भएपछि अमेरीकी सक्रियता थप बढेको छ । यो एमसीसी अनुमोदन नहोस् भन्ने जनस्तरको दबाब र चीनको समेत चाहना विपरीत नेपालका दलहरुले त्सलाई अनुमोदन गरे ।
यसलाई सहायता परियोजना भनिएको भए पनि यो सहायता परियोजना भित्र नेपालमा आफ्नो उपस्थितिको बाक्यो आधार बनाउने र अमेरीकाको रणनीतिक प्रतिद्धन्दीका रुपमा उदाएको चीनलाई घेर्ने योजनामा काम भईरहेको नेपालका कतिप नेता र विज्ञहरुले औला उठाउदै आएका छन् ।

नेपाललाई अमेरीकाले कति महत्व दिएको छ भन्ने कुरा सन् १९४८ मा सिआईएले नेपाल एशियाको ककपिट भएको बताउनुले पनि पुष्टी गर्दछ ।

नेपाल चीन र भारत जस्ता बिशाल देशको बीचमा रहनु र अमेरीकाले समर्थन गर्दै आएको स्वतन्त्र तिव्वत नेपालसँग जोडिनु, नेपालमा तिव्वती शरणार्थीहरुको बसोबास रहनु र सामरिक रुपले पनि चीनसँगको भविष्यमा हुन सक्ने संभावित संघर्षका लागि नेपाली भूमिको महत्व बुझेर अमेरीकीहरुले पछिल्लो सहयोग, लगानी सबै थोक गरीरहेको हुन सक्ने बुद्धिजीवीहरुको भनाई छ ।

करीब २० वर्ष पछि द्धिपक्षीय भ्रमणको रुपमा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा र प्रधानसेनापति समेत अमेरीका जाने तयारीमा छन् । यस भ्रमणका बिषयमा समेत एमाले र माओवादीका सांसदहरुले संसदमै प्रश्न उठाएका छन् । यो भ्रमण किन गर्ने ? यस भ्रमणप्रति माओवादी नेता देव गुरुगं र एमाले नेता भीम रावलहरुले संसदमै शंसय प्रकट गरेका छन् ।
नेपालमा यस अघि देखि नै देउवालाई अमेरीकी लविको भनेर वामपन्थीहरुले आरोप लगाउने गरेका थिए । भलै देउवा अक्सर कम बोल्ने भएका कारणले उनले यस्ता विषयहरुको खण्डन गरेका छैनन् ।
तर स्वभाविक रुपमा उनको नेतृत्वमा सरकार गठन भए पछि एमसीसी अनुमोदन सहित अमेरीकीहरुको आउजाउ बाक्लिएको भने निश्चित रुपमा देखा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी