जेठ २९ काठमाण्डौँ । नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा देशलाई जहिल्यै अनिष्ट भएको भन्दै सात पटक प्रधानमन्त्री भए देशकै अस्थित्व नरहने हो कि भन्दै टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा खर्च कटौती प्रस्ताव पेश गर्दै सांसद रावलले २०५२ सालमा प्रधानमन्त्री हुँदा जनयुद्ध भयो महाकाली सन्धि भयो, महाकाली भारतलाई बेचियोु, उनले भने, ुफेरि प्रधानमन्त्री हुँदा प्रतिगमन भयो। अहिले पाँचौँ पटक प्रधानमन्त्री हुँदा प्रतिगामी कदम चालेर नदीनाला बेच्दैछन्। राष्ट्रघात गरिरहेका छन्। पाँच चोटी प्रधानमन्त्री हुँदा त यस्तो छ, सात चोटी भए भने नेपालकै अस्तित्व नरहन सक्छ। भन्दै आलोचना गरेका हुन् ।
लगानी बोर्डले धमाधम ठूला नदीनाला विदेशीलाई बेच्ने काम गरीरहेको भन्दै आपत्ति जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline