जनमत र पद दुबैमा काँग्रेस पहिलो भएको प्रतिवेदन सार्वजनिक

जनमत र पद दुबैमा काँग्रेस पहिलो भएको प्रतिवेदन सार्वजनिक

  • बिहिबार, जेष्ठ २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २६ जेठ । नेपाल कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको निर्वाचनमा ४४ प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो मातहातको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका केन्द्रीय समितिका सदस्य प्रदिप पौडेलले एक प्रतिवेदन सार्वजनिक गर्दै सो दावी प्रस्तुत गरेको हो ।

‘कुल ७५२ स्थानमध्ये प्रमुख पदमा ३२९ स्थानमा विजय (१८८ अध्यक्ष र र १४१ प्रमुख) , जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउँछ, ’ प्रतिवेदनमा भनिएको छ, ‘कुल ७५२ स्थानमध्ये उपप्रमुख पदमा ३०० स्थानमा विजय ९१९० उपाध्यक्ष र ११० उपप्रमुख०, जुन कुल स्थानको ४४ प्रतिशत हुन आउँछ ।’

कार्यकारी पदको १५०४ मध्ये ६२९ स्थानमा नेपाली कांग्रेस रहेको र जसको ४२ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ ।
यसै गरी लोकप्रिय मतमा पनि काँग्रेस नै पहिलो भएको दाबी गरिएको छ ।
यस अघि एमालेले लोकप्रिय मतमा एमाले पहिलो भएको बताउदै आएको थियो ।
कांग्रेसका वडा अध्यक्षका उमेदवारलेपाएको मत ३८,८३,१३८ छ ।जुन नेकपा एमालेका वडा अध्यक्षका उमेद्वारले पाएको भन्त्दा १,७५,०७६ मतले बढी छ । (मत
गर्ना गदाण, तवियी, प्रत्यासी र तेस्रो स्थानमा सम्म आएकालाई आधार बनाइएको) छ ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/06/PaRaTaVaThaNaKa-PaRaPaTa-TaTha-NaShhaKaRaShha-1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ