स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष

  • शनिबार, जेष्ठ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २१ जेठ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ ।

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।

नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो ।

स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए । वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

बैठकले स्थानीय निर्वाचनको समीक्षाका लागि तल्ला तहबाट सूचना प्राप्त नभइसकेको निष्कर्ष निकालेर सात जना सचिवालयका सदस्यलाई पाँच दिनभित्र सूचना निकाल्न जिम्मेवारी तोकेको छ ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका नेता गंगालाल तुलाधरले पार्टीले सात प्रदेशमा सात केन्द्रीय सदस्यलाई सूचना संकलनको जिम्मेवारी दिएको बताए ।

‘प्रदेश १ मा जयन्ती राई, मधेश प्रदेशमा रामचन्द्र झा, बागमतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा प्रकाश ज्वालाले सूचना संकलन गर्नका लागि जिम्मेवारी तोकिएको छ ।’

शनिबारको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, गठबन्धनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको समीक्षा, आगामी कार्ययोजनाको बारेमा छलफल भएको उनले बताए । सचिवालयले गरेको समीक्षाको आधारमा प्रतिवेदन बन्ने र त्यसलाई तल्ला कमिटीहरुमा लैजाने निर्णय पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ