नेपाली काँग्रेसले वंशवादमा आधारीत भएर उम्मेद्धार उठाँउदा जनताले टाउकोमा लौरोले हानेः रामचन्द्र पौडेल

नेपाली काँग्रेसले वंशवादमा आधारीत भएर उम्मेद्धार उठाँउदा जनताले टाउकोमा लौरोले हानेः रामचन्द्र पौडेल

  • शनिबार, जेष्ठ २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं जेठ २१। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेसले काठमाण्डौँ महानगरपालिकाको नेतृत्व लिने अवसर गुमाएको बताएका छन् ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेको ले नै लौरोले चुनाव जितेको बताए ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले काँग्रेस र एमालेबाट अघि सारिएका दुबै उम्मेद्धारहरु कार्यक्षमताका हिशाबले समय सकिसकेको भए पनि त्यसलाई नेताहरुले वेवास्ता गर्दा यो परिणाम आएको बताए ।

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको दाबी गरे ।

नेपाली कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ