माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षणः पार्टी शीर्ष नेता सहित विषय विज्ञले प्रशिक्षण दिने

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षणः पार्टी शीर्ष नेता सहित विषय विज्ञले प्रशिक्षण दिने

  • बुधबार, जेष्ठ १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जेठ १८ काठमाण्डौँ । स्थानीय सरकारलाई प्रभावकारी, जनउत्तरदायी बनाउन नेकपा माओवादी केन्द्रले आफूले जितेका सबै पालिका प्रमुख र उपप्रमुखलाई सत्ता सञ्चालनका बिषयमा प्रशिक्षण दिन शुरु गरेको छ । दुई दिने प्रशिक्षणको आज राजधानीको कुमारी फिल्म हलमा उदुघाटन भएको छ । देशभरबाट जितेका १२१ प्रमुख, १२८ उपप्रमुख र पार्टीका प्रदेश ईन्चार्ज सहईन्चार्जहरुलाई प्रशिक्षण दिन शुरु गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रशिक्षकको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ, मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।

यस अघि जितेका ५० प्रतिशत पालिकामा पराजय व्यहोरेका कारण यस पटक स्थानीय तहलाई थप सफल र प्रभावकारी बनाउन माओवादीले यो अभियान चलाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ