चुनावमा अन्तरघात गरेको भन्दै एमाले कार्यकर्ताले जनप्रतिनिधिलाई कुटपिट गरी कालोमोसो दलेर जुत्ताको माला लगाए

चुनावमा अन्तरघात गरेको भन्दै एमाले कार्यकर्ताले जनप्रतिनिधिलाई कुटपिट गरी कालोमोसो दलेर जुत्ताको माला लगाए

  • मङ्लबार, जेष्ठ १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चुनावमा अन्तर्घात गरेको भन्दै सोलुखुम्बुका एमाले कार्यकर्ताले आफ्नै पार्टीका दुईजना जनप्रतिनिधिलाई कालोमोसो दलेर जुत्ताको माला लगाईदिएका छन् ।
स्थानीय तह निर्वाचनमा सोलुखुम्बुको सोताङ गाउँपलिका ४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा नम्बर २ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राईलाई एमाले गाउँ कमिटी बैठकमा कालोमोसो, जुत्ताको माला लगाउनुका साथै कुटपिट समेत गरेका छन् ।

चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै सो दुरव्यवहार गरेका हुन् ।

गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी