संसद् बैठक ११ बजे बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत हुने

संसद् बैठक ११ बजे बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत हुने

  • शनिबार, जेष्ठ १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।

बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।
आज सरकारले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछ । त्यसमाथि छलफल सकिएपछि भोली अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ