संसद् बैठक सुरु, मन्त्री बडूको असंसदीय शब्द हटाउन निर्देशन

संसद् बैठक सुरु, मन्त्री बडूको असंसदीय शब्द हटाउन निर्देशन

  • शुक्रबार, जेष्ठ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ ।

शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्नेक्रममा मन्त्री बडूले दिएको अभिव्यक्तिमा असंसदीय शब्द प्रयोग गरेको भन्दै एमाले सांसदले नियमापत्ति जनाएका थिए । त्यसपछि बैठक चल्न नसकेपछि स्थगित गरिएको बैठक फेरि सुरु भएको छ ।

शुक्रबारको दोस्रो बैठक सुरु भएलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूको अभिव्यक्तिमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन् ।

उक्त निर्देशनपछि बैठक जारी छ । अहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बोलिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी