काठमाण्डौँ महानगरपालिकाको चित्रः स्वतन्त्र मेयर, काँग्रेसको बहुमत, एमाले कमजोर, माओवादी निल

काठमाण्डौँ महानगरपालिकाको चित्रः स्वतन्त्र मेयर, काँग्रेसको बहुमत, एमाले कमजोर, माओवादी निल

  • शुक्रबार, जेष्ठ १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

जेठ १३ काठमाण्डौँ । अघिल्लो पटक एमालेले सत्ता चलाएको रहेको काठमाण्डौँ महानगरपालिका यस पटक मिश्रित अवस्थामा पुगेको छ । एमालेले मुख्य नेतृत्व गुमाए पनि उपमेयर पाएको छ । तर वडाहरुमा भने नेपाली काँग्रेसको बहुमत छ । उपमेयर सहित एमालेले १२ वडा वडामा जीत हात पार्दा काँग्रेसले १९ वटा वडा कब्जा गरेको छ ।
त्यसै गरी एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले एउटा वडामा जीत हात पारेको छ ।

स्वतन्त्र मेयर, काँग्रेसको बहुमत र एमाले पनि उपमेयर सहित हस्तक्षेप गर्ने शक्तिमै हुँदा महानगरको सन्तुलन कसरी चल्ने हो त्यो हेर्न बाँकी छ ।

यही चुनावमा महानगरपालिकाको ३२ वटै वडामा माओवादीका कुनै पनि उम्मेद्धारले जीत हात पार्न सकेनन् । सदस्य समेत निर्वाचित हुन सकेका छैनन् ।

माओवादीले उपत्यकाको कुनै पनि पालिका प्रमुख जितेन भने केही उपप्रमुख र वडा अध्यक्ष अन्य पालिकामा जिते पनि काठमाण्डौँ महानगरमा भने क्लिन स्वीप भएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी