प्रचण्डकी छोरी हैन भरतपुरकी मेयरको रुपमा रेणु अपेक्षा गरे भन्दा धेरै मत ल्याएर बिजयी !

प्रचण्डकी छोरी हैन भरतपुरकी मेयरको रुपमा रेणु अपेक्षा गरे भन्दा धेरै मत ल्याएर बिजयी !

  • मङ्लबार, जेष्ठ १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जेठ १० चितवन । राजनीतिक चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकामा अनुमान गरेभन्दा धेरै मत ल्याएर माओवादी केन्द्रकी रेणु दाहालले दोस्रो कार्यकालका लागि मेयरमा बिजयी भएकी छन् ।

अघिल्लो पटक २ सय बढी मात्रै मतान्तरले एमालेका देवी ज्ञवालीलाई हराएर मेयर बनेकी दाहालले पाँच वर्षमा गरेका राम्रा कामका कारण नै यस पटक एमाले र राप्रपाको गठबन्धनबाट विजय सुवेदी, काँग्रेस भित्रकै बागी जगन्नाथ पौडेलले चूनौती पेश गर्दा उनले झन धेरै मत पाउनुलाई रेणुको सफलताको रुपमा हेरिएको छ ।

विगत पाँच वर्षमा उनले महानगरको भौतिक विकास अन्तर्गत सडक सञ्जाल, बहुदेश्यीय सिटी भवन, जस्ता थुप्रै पुर्वाधार निर्माण अघि बढाउनुका साथै सामुदायिक विद्यालयको सुधार, किशानलाई अनुदान जस्ता क्षेत्रमा उल्लेख्य काम गरेकाले पनि जनस्तरबाटै उनलाई बढी मत आएको देखिएको छ ।

भरतपुरमा प्रचण्डले आफ्नो छोरीलाई मेयर बनाउन मतदाता धम्क्याएको, गठबन्धन गरेको जस्ता आरोप लागेपनि रेणुले प्रचण्डकी छोरी मात्र नभई भरतपुरको मेयरको रुपमा दोस्रो पटक उभ्याएकी छन् ।

अहिले उनले एमालेका उम्मेद्धार बिजय सुवेदीलाई १२ हजार ४ सय बढी मतको फराकिलो अन्तरले पाखा लगाईन् ।

एमालेले चौतर्फी रणनीति बनाएर रेणुलाई परास्त गर्ने योजना तय गरेको थियो । उसले राप्रपासँग तालमेल गरेको थियो । तर पनि सफल हुन सकेन ।
उपमेयर र बहुसंख्यक वडाहरु पनि काँग्रेस र माओवादीबाटै निर्वाचित भएकाले भरतपुरले आगामी नीति योजना पारित गरेर काम गर्न थप सहज हुने देखिएको छ । उपमेयरमा काँग्रेसबाट चित्रसेन अधिकारी निर्वाचित बनेका छन् ।
वडागत रुपमा हेर्दा काँग्रेसले १६, एमालेले ६, माओवादीले ३, एकीकृत समाजवादीले ३ र स्वतन्त्रले १ वडा जितेका छन् ।

दोस्रो कार्यकालमा रेणुका योजना यस्ता छन् :

भरतपुर महानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै दाहालले भरतपुरलाई बेरोजगारीमुक्त महानगर बनाउने बताएकी थिइन्। पहिलो वर्ष प्रत्येक वडाका ५० र दोस्रो वर्ष १०० जनालाई स्वरोजगार बनाउने उनको योजना छ। शैक्षिक प्रमाणपत्र र तालिमप्राप्त प्रमाणपत्र धितो राखेर उद्यमशीलताका लागि ऋण उपलब्ध गराउने उनले बताएकी छन्।

‘श्रम सूचना बैंक स्थापना गरी विभिन्न पेसा, व्यवसाय र सीप भएका नागरिकको सूचना संकलन गरी रोजगारमा लगाउने, प्राविधिक विषयमा बेरोजगार हुन नदिन रोजगार बैंक स्थापना गरी पेसाअनुसार न्यूनतम पारिश्रमिकसहित रोजगारीको व्यवस्था मिलाउने छौं,’ उनले भनेकी छन्।

कृषि व्यवसायमा संलग्न सबै किसानको पहिचान वर्गीकरण गर्दै एकीकृत तथ्यांक तयार गरी किसान पेन्सनको व्यवस्था गर्ने गठबन्धनले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। कृषिमा आधारित विद्युत खर्चमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने पनि प्रतिबद्धतापत्रमा छ।

मेयर दाहालले सबै भूमिहीनलाई लालपुर्जा वितरण गर्ने र वडाहरूमा बहुतल्ले भवन बनाएर आवासविहीनका लागि एकीकृत बस्ती विकास गर्ने बताएकी छन्। उनले महानगरको फोहोर व्यवस्थापनका लागि पञ्चवर्षीय योजना बनाई कार्यान्वयन गर्छु भनेकी छन्।

त्यस्तै कोरियन सरकारको २ सय २५ करोड रूपैयाँ आर्थिक अनुदानमा भरतपुरको वैज्ञानिक फोहोर व्यवस्थापन सम्झौता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले दोस्रो कार्यकालमा उक्त योजना सम्पन्न गर्ने बताएकी छन्।

महानगरलाई डिजिटल प्रविधिमैत्री बनाउने, भरतपुर विमानस्थल विस्तार गरी सुविधासम्पन्न बनाउने, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बाँकी काम पूरा गर्ने, नारायणगढ र भरतपुरका चोकहरूमा ट्राफिक लाइटको व्यवस्था गर्ने, सहिदचोक, हाकिम चोक र मालपोत चोकमा आकासेपुल बनाउने, सिटीहल निर्माण पूरा गर्ने, क्याम्पा चौरलाई मिनी रंगशालाका रूपमा विकास गर्ने, पूर्वाधार विकासको गुरूयोजना स्वीकृत गरी त्यसैअनुरूप योजना छनौट गर्ने, प्राथमिकता र लगानीको पद्धति निर्माण गर्ने लक्ष्य दाहालको छ।

उनले अबका दुई वर्षमा भरतपुरमा मापदण्ड पुगेका सबै सडक कालोपत्रे गर्ने पनि बताएकी छन्।

दाहालले वृद्धवृद्धालाई धार्मिक भ्रमणमा लैजानेदेखि महिलालाई निस्शुल्क बस सेवा उपलब्ध गराउने योजना अघि सारेकी छन्। ज्येष्ठ नागरिकहरूलाई वर्षमा एकपटक देशभित्र धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउने योजना रहेको उनले प्रतिबद्धतापत्रमा उल्लेख गरेकी छन्।

उनले महानगरभित्र सार्वजनिक इलेक्ट्रिक बस सञ्चालनको प्रक्रिया सुरू गर्ने बताइन्। ‘यसमा असहाय, ७० वर्ष नाघेका र महिलालाई निस्शुल्क सेवा दिइनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ