काठमाडौं महानगरमा बालेन्द्रले ४५ हजार मत कटाए

काठमाडौं महानगरमा बालेन्द्रले ४५ हजार मत कटाए

  • सोमवार, जेष्ठ ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनलाई पछाडि पार्दै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले फराकिलो मतान्तर बनाएका छन्। आज बिहान सवा दश बजेसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ४५ हजार ६१३ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले २७ हजार १८३ मत प्राप्त गरेकी छन्।

बालेन्द्रले सिर्जनालाई १८ हजार ४३० मतान्तर बनाएर अग्रता कायम गरेका छन्। सिर्जनाले एमालेका उम्मेदवार केशव स्थापितलाई भने पछि पारेकी छन्। स्थापितले २६ हजार ३०९ मत प्राप्त गरेका छन्।

काठमाडौंमा उपमेयरमा भने सत्ता गठबन्धनभन्दा एमालेकी सुनिता डंगोल निकै अगाडि छिन्। सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठ फराकिलो मतान्तरले पछाडि परेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ