यस पटक सबै महानगर एमालेले गुमाउने निश्चितः राप्रपा र साना दलसँग गरेको तालमेल फलदायी देखिएन !

यस पटक सबै महानगर एमालेले गुमाउने निश्चितः राप्रपा र साना दलसँग गरेको तालमेल फलदायी देखिएन !

  • आइतवार, जेष्ठ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

जेठ ८ काठमाण्डौँ । देशमा ६ वटा महानगर पालिका छन् । ती मध्य ७४ सालको निर्वाचनमा एमाले एक्लैले काठमाण्डौँ र पोखरा महानगरपालिका जितेको थियो । यस पटक एमाले विभाजित भएको र अर्कोतिर पाँच दलीय गठबन्धन पनि बनेका कारण एमाले दोस्रो पार्टीमा त खुम्चियो नै उसले महानगरको नेतृत्व गुमाउने पक्का पक्की देखिएको छ ।
यस अघि जितेको काठमाण्डौँ महानगरमा उसले केशब स्थापितलाई उठाएको थियो । तर स्थापित तेस्रो स्थानमा छन् । पोखरामा पनि कृष्ण थापालाई उठाएको छ तर त्याहाँ पनि तीन हजार बढी मतले एकीकृत समाजवादीका उम्मेद्धार धनराज आचार्य अगाडी छन् । मत गणना अन्तिम हुँदै जाँदा त्याहाँ पनि एमालेले कमब्याक गर्ने संभावना कम देखिन थालेको छ ।
यी दुबै महानगर गुम्ने निश्चित देखिँदा चितवनमा राप्रपासँग तालमेल गरेर प्रदेश सांसद विजय सुवेदीलाई अगाडी सार्दा समेत भरतपुरमा एमाले अगाडी आउने संभावना टर्दै गरेको देखिएको छ । त्याहाँ रेणु दाहालको जित लगभग निश्चित देखिएको अनुमान गर्न थालिएको छ ।

बिराटनगर महानगरपालिका यस अघि नै काँग्रेसले जितिसकेको छ भने बीरगञ्जमा जसपाका पूर्व मेयर बिजय सरवागीलाई पार्टी प्रवेश गराएर अघि सारे पनि एमाले झण्डै दोब्बर मतले जसपा भन्दा पछि छ । त्याहाँ पनि उसले जित्ने संभावना छैन ।

यसरी हेर्दा एमालेले ६ वटा महानगरमा कतै पनि नेतृत्व गर्ने अवसर नपाउने देखिएको छ ।
यसै गरी धरान, ईटहरी जस्ता उपमहानगर र ओलीकै गृहनगर दमक पनि एमालेले गुमाईसकेको छ । बुटवलमा २५ वर्षदेखिको किल्ला पनि एमालेले यस पटक जोगाउन सकेन ।
साना पार्टीहरुसँग तालमेल गरेर अघि बढेको भए पनि एमालेले उल्लेख्य भरथेग पाउन नसकेको देखिएको छ । यस पटक एमालेले महानगर, मुख्य उपमहानगरहरु गुमाउने पक्का पक्की भएको छ ।
निर्वाचनमा सोचे जस्तो परिणाम आउन नसकेको एमालेका नेताहरुले सार्वजनिक रुपमै बताउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी