प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट

  • आइतवार, जेष्ठ ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका थिए । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आएकी थिईन् ।
उनले जावलाखेल र वौद्धमा रहेको तिव्वती शरणार्थी शिविरको भ्रमण गरेपछि विभिन्न क्षेत्रबाट आलोचना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ