चितवन, ७ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले २७ हजार मत कटाएकी छन्। आज बिहानसम्ममा दाहालले २७ हजार ७८ मत पुर्याएकी हुन्।
दाहालको निकटतम् प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन्। ६० हजार ६१२ मत गणना हुँदा रेणुले ५ हजार १८ मतको अग्रता कायम गरेकी छन्।
स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ९ हजार ४१४ मत ल्याएका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले अग्रता लिइरहेका छन्। उनले २९ हजार १३२ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १७ हजार १६६ मत प्राप्त गरेकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline