निर्वाचनले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गर्‍याे – प्रेम सुवाल

निर्वाचनले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गर्‍याे – प्रेम सुवाल

  • शनिबार, जेष्ठ ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काठमाडाैं, ७ जेठ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको हो ।

उक्त पार्टीका सङ्‍घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्‍ने जनताले पहिल्यै अनुमान गरेको बताए

‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो । त्यो सत्य भएको देखियो । किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले भने ।

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाए । निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको पनि उनको भनाइ छ ।

निर्वाचनलाई उनले अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि बताए ।  तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको आरोप लगाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी