कैलालीको भजनी नगरमा मेयर र उपमेयरमा ​​​​​​​नागरिक उन्मुक्ति पार्टी विजयी

कैलालीको भजनी नगरमा मेयर र उपमेयरमा ​​​​​​​नागरिक उन्मुक्ति पार्टी विजयी

  • शुक्रबार, जेष्ठ ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

६ जेष्ठ, कैलाली । कैलालीको भजनी नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा विजयी भएको छन्।

भजनी नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका केवललाल चौधरी ७ हजार ४ सय ७५ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार शेरबहादुर चौधरी ३ हजार ८ सय ७१ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

सोही नगरपालिकाको उपमेयरमा नागरिक उन्मुक्ति पार्टीकै राजु तिरुवा ६ हजार २ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार गोकर्ण भण्डारी ३ हजार ५ सय ३७ मत प्राप्त गरेर पराजित हुनुभएको हो। भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले ३ वडामा विजयी हासिल गरेको छ ।

त्यस्तै, गठबन्धनले ४ र नेकपा एमालेले २ वडामा विजयी हासिल गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ