चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको अग्रता कायम छ । पछिल्लो मतपरिणाम अनुसार उनी १८ हजार मतनजिक पुगेकी छन्।
प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई ३ हजार ३२५ मतान्तरले पछि पार्दै रेणु १८ हजार मतनजिक पुगेकी हुन्।
४७ हजार ५११ मत गणना हुँदा रेणुले १७ हजार ९७२ मत प्राप्त गरेकी छन्।
निकटम प्रतिद्वन्द्वी एमालेका सुवेदीले १४ हजार ६४७ मत प्राप्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार २२३ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले २० हजार ५२१ मत पाउँदा प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ११ हजार ६७३ मत प्राप्त गरेकी छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline