काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले २५ हजार मत कटाएका छन्। शाहले सुरुदेखि नै निन्तर अग्रता कायम राखेका छन्।
६५ हजार ८१ मतगणना हुँदा बालेनले २५ हजार १८५ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ९८ मत प्राप्त गरेका छन्। बालेन स्थापितलाई १२ हजार ८७ मतले लिड गरिरहेका छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ४६० मत प्राप्त गरेकी छन्। अहिले ९ वटा वडाको मतगणना भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline