भरतपुरमा ४२ हजार ७५० मत गणनाः रेणु दाहालको अग्रता बढ्दै, कस्ले कति मत पाँए ?

भरतपुरमा ४२ हजार ७५० मत गणनाः रेणु दाहालको अग्रता बढ्दै, कस्ले कति मत पाँए ?

  • बिहिबार, जेष्ठ ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

चितवन, ५ जेठ । भरतपुर महानगर पालिकामा रेणु दाहाललको अग्रता कायम छ । पछिल्लो मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेणु दाहालले ४२ हजार ७५० गणना हुँदा १६ हजार ४८३ मत प्राप्त गरेकी छन ।

एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले भने १३ हजार १९२ मत पाएका छन । दाहाल र सुवेदीको मतान्तर ३ हजार २९१ रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ८०७ मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारीले १९ हजार ६२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १० हजार ६०१ मत प्राप्त गरेकी छन ।

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । भरतपुरमा सुवेदी र दाहालबिच प्रतिस्पर्धा देखिएको छ ।
रेनु दहालले वडा नम्बर ५ पछि फराकिलो मतान्तर कायम गरेकी छन् । गणना हुँदै गरेको वडा नम्बर १० सहित गणना हुने क्रममा रहेका ११ र १२ नम्बर वडामा पहिलाको निर्वचनमा एमालेका उम्मेदवारहरूले राम्रो मत पाउने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ