काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले निरन्तर अग्रता कायम राखेका छन् ।
पछिल्लो मतपरिणामअनुसार बालेनले २३ हजार ५७० मत प्राप्त गरेका छन् । अहिलेसम्म ६२ हजार ४२४ मतगणना भएको छ ।
दोस्रो स्थानमा रहेका एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२ हजार ६४३ मत प्राप्त गरेका छन् । बालेन स्थापितभन्दा १० हजार ९२७ मतले अघि छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ११ हजार ६८३ मत प्राप्त गरेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline